ऐतिहासिक विन्दुमा नेप्से, झण्डै १७ अर्बको कारोबार

डिसी नेपाल
२० जेठ २०७८ १६:३६
32
Shares

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीवार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च २ हजार ८ सय ५६ दशमलव ७७ विन्दुमा पुगेको छ। यस अघि गत आइतवार कायम गरेको २ हजार ८ सय २७ दशमलव ९३ को रेकर्डलाई पनि बिहीवार नेप्से परिसूचकले ब्रेक गरेको हो। बिहीबार नेप्से २९ दशमलव ५५ अंक अर्थात् १ दशमलव शून्य ५ प्रतिशतले बढ्यो।

उता, सेन्सेटिभ इन्डेक्स १ दशमलव ५८ प्रतिशत अर्थात ७ दशमलव ९६ अंकले बढेर ५ सय १३ दशमलव ११ विन्दुमा पुगेको छ।
यस दिन कारोबार रकममा समेत उत्साहा देखिएको छ। बजारमा १६ अर्ब ९० करोड ७० लाख २० हजार बराबरको सेयर कारोबार भएको छ।

२ सय १८ कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो।

यसअघि बुधबार ११ अर्ब ३५ करोड भन्दा धेरै रकमको कारोबार भएको थियो।

बिहीवारको बजारबाट वित्त, होटल्स तथा पर्यटन र विकास बैंकका सेयरधनीहरुले सर्वाधिक कमाएका छन्। यो दिन विकास बैंकको समूहगत परिसूचक सर्वाधिक ३ दशमलव ७४ प्रतिशत बढेको छ भने वित्तको ३ दशमलव ३४ प्रतिशत र होटल्स तथा पर्यटनको ३ दशमलव ३२ प्रतिशत बढेको छ।

त्यस्तै, बैंकिङ्गको २ दशमलव ७१ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव २२ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव शून्य ३ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २९ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ७ प्रतिशत परिसूचक बढेको छ।

यो दिन जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्। जलविद्युत् समूहको २ दशमलव शून्य ४ प्रतिशतले परिसूचक घटेको छ भने व्यापारिकको शून्य दशमलव २३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ७६ प्रतिशत र अन्य समूहको शून्य दशमलव ७२ प्रतिशत परिसूचक घटेको हो ।

जलविद्युत् समूहको परिसूचक सर्वाधिक घट्दा पञ्चकन्या माई हाइड्रोपावर र राधी विद्युत् कम्पनीको सेयरमूल्य सर्वाधिक घटेको छ।

यस्तै बिहीबार चार कम्पनीको सेयरमूल्य उच्च दरमा बढेको छ। मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको सेयरमूल्य १० प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ६८ प्रतिशत र ग्रिन डेभलपमेण्ट बैंकको ९ दशमलव ५५ प्रतिशतले मूल्य बृद्धि भएको हो।

यस दिन पनि सवौधिक कारोबार हुने कम्पनीमा नेपाल पुर्नबीमा कम्पनी नै अगाडि रह्यो। अघिल्ला दुई दिन सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीलेकै बिहीवार १ अर्ब २ करोड ७० लाख २७ हजार बराबरको सेयर कारोबार भयो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.