पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

डिसी नेपाल
२२ जेठ २०७८ २०:४४
2.0k
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको निगमले जनाएको छ ।

यसअघी निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो । मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.