नागरिक लगानी कोषले लाभांश पारित गर्न बोलायो एजीएम

डिसी नेपाल
२३ जेठ २०७८ १४:०५
52
Shares

काठमाडौं। नागरिक लगानी कोषले असार १८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ। सभा कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा दिउसो २ बजेदेखि सुरु हुने छ। सभामा कम्पनीले १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने एजेन्डा पेश गर्ने छ।

कोषले सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने जनाएको छ। यसर्थ, असार ७ गतेसम्म कायम सेयरधनीले मात्र कोषले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन्।

कम्पनीले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर र करसहित ८ दशमलव ८९ प्रतिशत नगद गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्न लागेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.