विकास खर्च नभइ बजेट खर्चका लागि खर्च हुन्छ – पूर्वअर्थ सचिव सुवेदी

डिसी नेपाल
२४ जेठ २०७८ ११:४३
24
Shares

काठमाडौं। पूर्व अर्थ सचिव शान्तराज सुवेदीले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट कार्यन्वयनमा ठूलो चुनौति रहेको बताएका छन। सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको भर्चुअल कार्यक्रममा आफ्नो अनुभवसहित धारणा व्यक्त गर्दै डा.सुवेदीले बजेट सुन्नमा धेरै राम्रो र खुशी पार्ने खालको भएपनि त्यसको कार्यान्वयनमा भने ठूलो चुनौती रहेको बताएका हुन।

बजेट कार्यन्वयनको समस्या पुरानै भए पनि पछिल्ला वर्षहरुमा विकास खर्च नभएर बजेट खर्चका लागि खर्च मात्र हुने गरेको बताए।

विगत ५ वर्षको बजेट कार्यन्वयनको अवस्था केलाउँदै उनले हालसम्म विनियोजित बजेटको ८० प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुन नसकिरहेको अवस्थामा अधिकतम ४० प्रतिशत बढी खर्च आर्थिक वर्षको अन्तिम अर्थात असार महिनामा मात्र हुने गरेको बताए।

 

प्रतिकुल राजनीतिक माहोलसँगै कोरोना महामारीका कारण लोकप्रिय बजेट कार्यान्वयनमा अझ बढी चुनौती बढेको उनको भनाई छ।

उनले अहिलेको राजनीतिक परिस्थितिका कारण यही सरकार आर्थिक वर्षको अन्तिसम्म रहने सम्भावना नभएको र आउने नयाँ सरकारले बजेटलाई आत्मसात गर्न धेरै गाह्रो हुने बताए।

बजेट कार्यान्वयनमा विषयगत मन्त्रालयहरूमा उदासीनता, मन्त्रालयहरु बीचको समन्वयको अभाव, गैरबजेटरी बजेट समस्या, रकमान्तरको समस्या, सार्वजनिक खरिद ऐनको समस्या
बजेट कार्यन्वयनका प्रमुख चुनौतिका रुपमा रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.