सोमबार सुनचाँदीको मूल्य घट्यो
काठमाडौं। साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुन तोलामा ३ सय रुपैयाँ घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको
आइतबार केहि बढेको सुनको मूल्य सोमबार तोलामा ३०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम छ।
सोमबार चाँदीको मूल्य पनि घटेको छ। तोलामा ५ रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment