स्वावलम्बन लघुवित्तको संस्थापक सेयर सर्वसाधरणले पनि पाउने गरी लिलामी खुला

डिसी नेपाल
२४ जेठ २०७८ १३:१३
32
Shares

काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आज सोमबार (जेठ २४ गतेबाट १ लाख ९० हजार ६५० कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ७ सय ५१ रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो। लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले असार २७ गतेभित्र आवेदन दिनु पर्ने छ। बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.