मौद्रिक नीतिको प्राथामिकता कोभिड १९ – गभर्नर अधिकारी
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति कोभिड केन्द्रित हुने बताएका छन। उनले अब आउने मौद्रिक नीति मुख्य गरी बैंकिंग प्रणालीको तरलता र व्याजदर स्थिरतामा केन्द्रित हुने बताएका छन्।
सोमबार बजेट कार्यन्वयनको छलफल कार्यक्रममा बोल्दै उनले गत वर्ष जस्तै यो वर्षको मौद्रिक नीति पनि मुख्य गरि बैंकिंग प्रणालीको तरलता र व्याजदर स्थिरतामा केन्द्रित हुने बताएका हुन।
केन्द्रिय बैंकले तरलता र ब्याजदरलाई स्थिरता दिन सक्दो प्रयास गरिरहेको उनले बताए।
उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका मुख्य उद्देश्यमा वित्तीय पहुच बढाउने, वित्तीय समाबेशितालाई बढाउने, विद्युतिय भुक्तानी प्रणलीलाई प्रबद्धन गर्ने, वित्तीय प्रणलीलाई सुरक्षित बनाउने जस्ता विषयमा केन्द्रित भएर मौद्रिक नीति तयार हुने जानकारी दिए।
उजले ग्राहकको संरक्षण र प्रणलीप्रतिको ग्राहकको विश्वास अभिबृद्धि गर्न प्राथामिकता दिने तथा कोभिडको दोस्रो लहरले असर गरेको कारण बजेटले राखेका आर्थिक पुनरुत्थानको कार्यक्रमलाई सहयोग पुर्याउने गरि मौद्रिक नीति तयार गरिने बताए।







डिसी नेपाल








Facebook Comment