सेयर बजारमा सामान्य करेक्सन
काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ। सोमबार बजार खुलेको केही समय उच्च अंकले बढेको नेप्से अन्तिममा २१ अंकले घटेको हो। यो सँगै नेप्से एक पछि अर्को उचाईको इतिहास कायम गर्दै आएको नेप्से परिसूचक
२९ सय ०६ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकममा पनि सामान्य गिरावट देखिएको छ। सोमबार २ सय २१ कम्पनीको १५ अर्ब ८१ करोड रुपैयाँ भन्दा धेरै रकमको सेयर किनबेच भएको छ। यसअघि आइतबार १७ अर्ब बढीको सेयर कारोबार भएको थियो।
यसदिन विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन र निर्जीवन बीमा समूह बढेका छन् भने वाणिज्य बैंक, ब्यापार र लघुवित्त समूह घटेका छन्। विकास बैंक समूह २ सय ६० अंकले बढेको छ भने जलविद्युत समूह ९२ अंकले बढेको छ। यस्तै फाइनान्स समूह १६३ अंकले बढेको छ।
सोमबार पनि नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ६२ करोड १७ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ।







डिसी नेपाल








Facebook Comment