राष्ट्रिय आविस्कार केन्द्रलाई नेपाली सेनाका अधिकृतहरुको दुई लाख सहयोग
काठमाडौं। नेपाली सेनाका २८ औं बेसिकका अधिकृतहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख रुपैयाँ सहयोग गरेको छन्। मंगलबार नेपाली सेनाका सहायक रथी (ब्रिगेडियर जनरल) दिनेश कुमार केसीको १३ औं पुण्य तिथिको अवसरमा नेपाली सेनाका अधिकृतहरुले सहयोग गरेका हुन्।
समाजसेवी महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय आविस्कार केन्द्र र संस्थामा आवद्ध समाजसेवामा लागि परेकाहरुको उत्कृष्ट कार्यको कदर स्वरुप सहयोग गरिएको उनीहरुले उल्लेख गरेका छन्। उक्त कार्यमा सहयोग र हौसलाका लागि सहयोग गरिएको उनीहरुले बताएका छन।
कोरोना भाइरसको प्रभावले निम्त्याएको स्वास्थ्य संकटमा महावीर पुन र राष्ट्रिय आविष्कार केन्द्रले अक्सिजन सिलिन्डर जोहो गर्ने, विभिन्न अस्पतालका बिग्रेर थन्केका भेन्टिलेटर र आईसियु मर्मत गर्ने र अक्सिजन उत्पादक कम्पनीमा आईपरेका टेक्निकल समस्या समाधान गर्ने काम गरिरहेको छ।







डिसी नेपाल








Facebook Comment