प्रत्यक्ष वैदेशिक लगानीलाई सहज व्यवस्था, राष्ट्र बैंकको स्वीकृति नचाहिने

डिसी नेपाल
२५ जेठ २०७८ १५:०२
36
Shares

काठमाण्डौं। प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्र्याउनका लागि नेपाल राष्ट्र बैंकको अनिबार्य स्वीकृतिको व्यवस्था हटेको छ। बैंकले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहज व्यवस्थाको लागि विनियमावली जारी गरेसँगै उक्त व्यवस्था हटेको हो।

मंगलबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ जारी गर्दै राष्ट्र बैंकले वैदेशिक लगानी भित्र्याउनका लागि राष्ट्र बैंकमा निवेदन दिएर स्वीकृति लिनुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गरिएको जनाएको छ। तर, विदेशी लगानी स्वीकृत भएपछि विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुअघि लिखित जानकारी भने दिनुपर्नेछ।

योसँगै अब विदेशी लगानी बापत आउने विदेशी मुद्राका लागि बैंकसँग स्वीकृति लिइरहनु नपर्ने भएको छ भने लगानीको प्रतिफल समेत लगानीकर्ताले सहजै लैजान पाउने भएका छन्।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी बैंकले यस्तो विनियमावली ल्याएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.