बाग्मती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ मा

डिसी नेपाल
२५ जेठ २०७८ १७:४९
28
Shares

बाग्मती । बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बाग्मती प्रदेशसभाको यही जेठ २७ गते अपराह्न ३ बजे बस्ने आठौं अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मुख्यमन्त्री डोरमणि पौडेललेको अध्यक्षतामा आज बसेको बैठकले सरकारको नीति कार्यक्रमलाई सार्वजनिककरण गर्न प्रदेश प्रमुखलाई सिफारिस भएबमोजिम कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको यही जेठ १६ र १७ गतका बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका विषयमा छलफल भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.