थप ४ हजार ३४४ जनामा संक्रमण, ५ हजार ७६८ जना निको
काठमाडौं। गत २४ घण्टामा नेपालमा ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ५ हजार ७६८ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ७४ पीसीआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ५६८ परीक्षण गर्दा ८ सय ९५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ८१ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ८० हजार ३३६ जना आइसोलेसनमा रहेका छन् ।
हालसम्म ६ लाख १५ हजार ६५२ जनामा कोरोना संक्रमित भएका छन् । जसमध्ये ५ लाख १० हजार २९८ जना निको भइसकेका छन् । हाल ४६ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment