सूर्नयाका विद्यालयमा आइतबार स्थानीय सार्वजनिक बिदा

डिसी नेपाल
१२ पुष २०८२ १८:३५
1.1k
Shares

बैतडी । बैतडीको सूर्नया गाउँपालिकाभित्रका सबै विद्यालयमा आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको छ।

गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको समापन कार्यक्रममा विद्यालयहरूको सहभागितालाई ध्यानमा राखेर पालिकाभरीका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आइतबार सार्वजनिक बिदा रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

सुर्नया गाउँपालिका५ स्थित रौलेश्वर मावि रामकी बरायलमा यही पौष १० गतेदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा रहेको छ। उक्त प्रतियोगिताको भोलि समापन हुँदैछ।

प्रतियोगितामा पालिकाभरीका १३ ओटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *