एचआइडीसीएलको सत प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

डिसी नेपाल
२७ जेठ २०७८ १०:०७
40
Shares

काठमाडौं। हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) निष्काशन गर्न लागेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न जेठ २८ गते एक दिन बुकक्लोज गर्नेछ। सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्नेछन्।

२०७५ पुस ३० गते सम्पन्न कम्पनीको सातौँ वार्षिक साधारण सभाले सो अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि गत जेठ ९ गते अनुमति दिएको थियो।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.