सुन तोलामा ३ सय रुपैयाँ घट्यो
काठमाडौं। साताको पाचौँ दिन बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ। बिहीबार सुन तोलामा ३ सय रुपैयाँ बढेर ९३ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बुधबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार २ सय रुपैयाँ कायम थियो।
यस्तै तेजावी सुनको मूल्य प्रति तोलामा ९३ हजार ४ सय रुपैयाँ कायम छ।
बिहीबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ। यो सँगै बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ कायम छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment