प्रधानमन्त्री ओली म नै राज्य हुँ भनेर अगाडि बढ्नु भएको छ : डा. कोइराला

डिसी नेपाल
२७ जेठ २०७८ १३:२३
156
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली म नै राज्य हुँ भनेर अगाडि बढेको आरोप लगाएका छन्। डा. कोइराराले प्रधानमन्त्री ओलीले सत्ता कब्जा गरेर अगाडि बढ्न खोजेपनि प्रतिपक्ष दलहरुले रोक्न नसकेको बताएका हुन्।

‘अहिले प्रधानमन्त्री ओली मै राज्य हुँ भनेर अगाडि बढ्न भएको छ। उहाँको स्वेच्छाचारिता एकदमै बढेर गएको छ,’ डा. कोइरालाले डिसी नेपालसँग भने, ‘तर प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्ष दलले त्यसलाई रोक्न सकेनन्। अहिले हामीले बोल्ने मात्रै हो। सडकमा निस्किने अवस्था छैन। जनप्रतिनिधिले बोल्ने थलो संसद पनि छैन।’

प्रधानमन्त्रीको सत्ता कब्जा गर्ने प्रयासलाई नेपाली कांग्रेसले रोक्ने प्रयास गरेको तर कोरोनाका कारण त्यो संभव हुन नसकेको उनको भनाइ छ।

‘प्रधानमन्त्रीजी स्वेच्छाचारी ढंगले हिँड्दै हुनुहुन्छ, सत्ता कब्जा गर्ने गरी हिँड्दै हुनुहुनछ, उनले भने, ‘उहाँले निर्वाचन गराउने लक्षण देखाउनु भएको छैन। उहाँको स्वेच्छाचारी दकमलाई प्रतिपक्षले रोक्न सकेका छैनन्।’

प्रतिपक्षले सशक्त भूमिका निर्वाह गर्न नसकेका कारण प्रधानमन्त्रीको मनोवल बढेको दाबी गर्दै कोइरालाले त्यसलाई रोक्न अब ढिला गर्न नहुने बताए।

‘उहाँको स्वेच्छाचारिता कतिसम्म बढ्यो भने उहाँले संविधानलाई पनि स्वीकार गर्नु भएन,’ उनले भने, ‘पहिलो पटक संसद विघटन गरिदिनु भयो। त्यसपछि सर्वोच्चले निर्णय नै दिइसकेको छ। त्यसपछि उहाँले दोस्रो पटक पनि विघटन गर्नु भयो। यो भनेको त उहाँले सर्वोच्चको निर्णयलाई नै चुनौती दिएको हो।’

प्रधानमन्त्रीले विधिको शासन र कानुनी राज्यलाई अस्वीकार गरेको भन्दै कोइरालाले ओलीले म आफैं राज्य हो भनेर अगाडि बढिरहेको आरोप लगाए। उनले मानिसको धैर्यताको हद पार भएपछि सडकमा निस्किने दाबी गर्दै त्यसरी सडकमा मानिस निस्किएपछि त्यसलाई ओलीले रोक्न नसक्ने चेतावनी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.