सेयर बजारमा सामान्य गिरावट
काठमाडौं। साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से सामान्य अंकले घटेको छ। बिहीबार नेप्से १ दशमलव ८ अंकले घटेर परिसूचक २९ सय ४४ अंकमा कायम भएको छ।
यस दिन कुल १६ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर किनेबच भएको छ।
बिहीबार समूहगत रुपमा बैंकिङ १७, ब्यापार ५७, होटल तथा पर्यटन १३, निर्जीवन बीमा ४५, उत्पादन ३८, अन्य ६ र जीवन बीमा २७३ अंकले घटे।
त्यस्तै विकास बैंक १२०, जलविद्युत ८८, फाइनान्स ६० र माइक्रोफाइनान्स समूह ७ अंकले बढे।
समग्रमा नेप्से घटे पनि एक दर्जन कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ। पाँचथर पावर, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो, ङादी ग्रुप, माउन्टेन इनर्जी, छ्याङ्दी, रिडी, बरुण, सिइडिबी, अरुणभ्याली, ग्रिनलाइफ हाइड्रोपावर, जोशी हाइड्रो र पोखरा फाइनान्सको मूल्य करिब १० प्रतिशतले बढेको हो।
हालै सूचीकृत भएको सिइडिबी हाइड्रोको मूल्य प्रतिकित्ता ५०२ रुपैयाँ पुगको छ। कारोबारका आधारमा यस दिने जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।







डिसी नेपाल








Facebook Comment