विपक्षी नेताहरुको बुढानिलकण्ठमा छलफल जारी

डिसी नेपाल
२७ जेठ २०७८ १९:११
656
Shares

काठमाडौं। विपक्षी दलका नेताहरुको काँग्रेस सभापति निवास बुढानिलकण्ठमा छलफल चलिरहेको छ। काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेमा समानान्तर गतिविधि गरिरहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच देउवा निवासमा छलफल जारी रहेको स्रोतले बतायो।

प्रधानमन्त्री ओलीले विहीबार मन्त्रिपरिषद विस्तार गरेपछि विपक्षी शीर्ष नेताहरुको छलफल भएको हो। साथै गण्डकी प्रदेशमा एमाले सरकार ढलेपछिको अवस्थाबारे पनि छलफल भइरहेको छ। देशका सात मध्ये ३ प्रदेशमा सरकारमाथिको संकट टरेको छ भने एमालेले नेतृत्व गरेका ४ मध्ये एकमा विहीबार सरकार ढलेको छ बाँकी ३ प्रदेशमा पनि संकट छ। प्रदेश नम्बर १, बागमती र लुम्बिनीमा सरकारमाथिको संकट यथावत छ।

प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको छ। लुम्बिनीमा विपक्षीहरुले शंकर पोखरेललाई स्वीकार गरेका छैनन्। बागमतीमा माधव समूहले के गर्छ त्यो हेर्न बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.