सुन चाँदीको मूल्य बढ्यो, हेर्नुहोस कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। साताको अन्तिम कारोबारको दिन शुक्रबार चाँदीको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। तोलामा ६ सय रुपैयाँ बढेसँगै सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले नै बढेर तोलाको ९४ हजार कायम भएको छ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। यो सँगै शुक्रबारका लागि चाँदीको मूल्य तोलामा १३ सय ७० पुगेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment