मेलम्चीको पानी दुइ महिना बन्द हुँदै, कारण यस्तो छ

डिसी नेपाल
२८ जेठ २०७८ ११:५८
172
Shares

काठमाडौं। आगामी असार १ गतेदेखि करिब २ महिना मेलम्चीको पानी वितरण प्रभावित हुने भएको छ। सुरुङमार्गको परीक्षण गर्न लागिएकोले असार १ गतेदेखि करिब दुइ महिना पानी वितरण बन्द हुने मेलम्ची विकास समितिले जनाएको छ।

आयोजनाका अनुसार असार १ देखि पानी पठाउन बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्नेछ। त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्ने र समस्या देखिए त्यसको समाधान समेत गर्नेछन्।

सुरुङ परीक्षणकै क्रममा रहेकोले परीक्षणका लागि खाली गर्न १५ दिन समय लाग्छ। त्यसपछि सुरुङमा हेरफेर गर्नलाई करिब १५ दिन र फेरि सुरुङमा पानी भर्न १५ दिन लाग्ने अनुमान लाग्ने हुन्छ। सुरुङमा समस्या नदेखिएमा करिब ४५ दिनदेखि २ महिना भित्र पुन ः पानी सूचारु हुनेछ।

मेलम्ची खानेपानी आयोजनाका लागि गरिएको ठेक्का सम्झौता अनुसार सुरुङमा समस्या रहेको देखिए निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने प्रावधान छ।

बहुप्रतिक्षित मेलम्चीको पानी आयोजना सुरु भएको दुइ दशक पछि गत असार चैत १५ बाट काठमाडौंबासीका धाराधारामा पठाउन सुरु गरिएको थियो। अहिले मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.