कांग्रेस केन्द्रीय सदस्य भट्टलाई मातृशोक, सभापति थापाद्वारा दुःख व्यक्त

डिसी नेपाल
२८ माघ २०८२ २१:४३
452
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरेन्द्रप्रसाद भट्टलाई मातृशोक परेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य भट्टकी ८८ वर्षीय आमा मानमतीदेवी भट्टको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । भट्टको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ।

भट्टको निधनप्रति कांग्रेस सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गरेका छन्। सभापति थापाले उहाँको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै केन्द्रीय सदस्य नरेन्द्रप्रसाद भट्टलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *