सिईडीबी हाइड्रोपावरको संस्थापक र कर्मचारीहरुको सेयर ३ वर्षसम्म किनबेच गर्न नपाइने
काठमाडौं। सिईडीबी हाइड्रोपावर डेभलपमेन्टको लकिंग पिरियड लागूभएसँगै कम्पनीको संस्थापक र कर्मचारीहरुले ३ वर्षसम्म सेयर किनबेच गर्न नपाइने भएको छ।
कम्पनीको सेयर २०७८ बैशाख ३१ गते बाँडफाँड भएको उल्लेख गर्दै त्यस अनुसार २०८१ वैशाख ३० गतेपछि मात्रै कम्पनीका संस्थापक र कर्मचारीसँग रहेको सेयर खरिदबिक्री गर्न सकिने जनाइएको छ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को परिच्छेद ९ दफा ३८ को उपदफा १ बमोजिम ‘विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्रबाहेक अन्य समूहले धितोपत्र संगठित संस्थाले सवंसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको सेयर बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न नपाईने व्यवस्था गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment