काठमाडौंलगायत देशभर वर्षा, यस्ताे छ तीन दिनकाे पूर्वानुमान

डिसी नेपाल
२८ जेठ २०७८ २०:१२
936
Shares

काठमाडौं। काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा भारि वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुनी वर्षा शुरु भएको छ। महाशाखाका अनुसार हाल देशको पुर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ। सो प्रणालीको कारण वर्षा भएको हो।

शुक्रबार राति देशभर देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ अनुमान गरिएको छ। देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।

यस्तै शुक्रबार साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बाग्मती प्रदेशका थोरै स्थानमा भारि वर्षाको पनि संभावना रहेको छ।

यस्तै आइतवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लम्बिनी प्रदेश एक दुई स्थानहरुमा भारि वर्षाको समेत सम्भावना छ।

आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र लम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.