ह्यारी–मेगनकी छोरीको नाम ‘जर्जिना फ्लोएडिना’ राख्न सुझाव दिँदा बरिष्ठ पत्रकार बर्खास्त

डिसी नेपाल
२९ जेठ २०७८ ९:१६
6.5k
Shares

काठमाडौं। बेलायती राजकुमार ह्यारी र मेगन मर्केलकी भर्खरै जन्मिएकी छोरीको नाम ‘जर्जिना फ्लोएडिना’ राख्न सुझाव दिएकी ब्रिटिश टेलिग्राफ अखबारकी बरिष्ठ स्तम्भकारलाई जागिरबाट निकालिएको छ । सन्डे टेलीग्राफकी स्तम्भकार जुली बुर्चिलमाति ‘घिनलाग्दो जातिवाद’को आरोप लगाइएको छ र जसले ट्वीटरमार्फत ड्युक र डचेज अफ ससेक्सकी छोरीको नाम सुझाव दिएकी छिन् । उनीहरुले छोरीको नाम लिलिबेट डायना राखेका छन् ।

‘कस्तो अवसर गुम्यो । उनीहरुले उनलाई जर्जिना फ्लोएडिना भन्न सक्थे’ बुर्चिलले ट्वीट गरेकी थिइन् । उनको यो सुझाव जर्ज फ्लोएडतर्फ इंगित गर्दै आएको थियो । यी अश्वेत जर्ज फ्लोएडको हत्याले मिनियापोलिसबाट सुरु भएको जातिवादविरोधी आन्दोलन विश्वभर फैलिएको थियो । बुर्चिलले त्यसपछि पनि ती बालिकाको नामको पहिलो शब्द फ्रि प्यालेस्टाइन हुनुपर्ने सुझाव दिएकी थिइन् । बुधबारसम्म उनको ट्वीटर खाता हटाइएको छ र बुर्चिललाई टेलीग्राफले जागिरबाट निकालेको छ । ‘मलाई टेलिग्राफले जागिरबाट निकालेको छ । त्यहाँ बिताएका ५ वर्ष निमै मायालाग्दा थिए’ उनले फेसबुकमा लेखेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.