सांग्रिला डेभलपमेन्ट बैंक ९ प्रतिशत व्याजदरमा ऋणपत्र बिक्री गर्दै
काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७ लाख ५० हजार इकाई ऋणपत्र जारी गर्न लागेको हो।
यसमध्ये ३ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। बैंकले बाँकी ४ लाख ५० हजार इकाई अन्य संघ–संस्थालाई बिक्री गर्ने जनाएको छ।
एक जना व्यक्तिले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ।
यस ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ। बैंकले १० वर्ष अवधिको सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गर्न लागेको हो। यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ।
यो ऋणपत्रमा असार ९ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने असार २० गतेसम्म खुला रहनेछ।







डिसी नेपाल








Facebook Comment