उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाउन नाडाको माग

डिसी नेपाल
२९ जेठ २०७८ १३:५८
24
Shares

काठमाडौं। नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले खोपको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्न सरकारसँग माग गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै संघले कोरोनाविरुद्धको खोपको समुचित व्यवस्था गरी निषेधाज्ञा खुकुलो बनाउँदै लैजान सरकारसँग माग गरेको हो।

लकडाउन लम्बिदै गएकाले जनता बाध्य भएर सडकमा आउनु पर्ने वातारणप्रति सरकारले ध्यान दिनु पर्ने विज्ञप्तिमा उल्लेख छ।

‘थपिँदो लकडाउन अवधिका कारण अव जनता स्वयं नै आफ्नो दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रवल हुँदै गएको र यस्तो सम्भावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको वर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिँदै जाँदा समस्या अरू भयावह हुने निश्चित नै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल घटदो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्टिगत गर्दै लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजानका लागि हामी सरकारसँग हार्दिक अपिल गर्दछौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.