रुसी राष्ट्रपति पुटिनले भने – ‘डोनाल्ड ट्रम्प ट्यालेन्ट थिए, जो बाइडेनबाट कुनै आशा छैन’
काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंशा गरेका छन् । उनले अमेरिकाका अहिलेका राष्ट्रपति जो बाइडेनको बारेमा भने छड्के शब्दको प्रयोग गरेका छन् । एक टेलिभिजन अन्तरवार्तामा पुटिनले ट्रम्पको प्रशंशा गर्दै उनलाई ‘असाधारण व्यक्ति’ भने । उनले बाइडेनको बारेमा भने सतही टिप्पणी गर्दै उनलाई ‘करिअर म्यान’ भने । पुटिनले आफूले सादगी रुचाउने बाइडेनबाट आफूले केही आशा पनि नगरेको बताए ।
एनबीसी न्यूजको नाइटली न्युव विथ लेस्टर होल्टको एक भाग शुक्रबार प्रसारण भयो । पुटिनले २०१८ पछि अमेरिकी मिडियालाई दिएको पहिलो अन्तरवार्तामा भने ‘मलाई लाग्छ पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प एक असाधारण, प्रतिभाशाली व्यक्ति हुन् । अन्यथा उनी अमेरिकी राष्ट्रपति बन्दैनथे ।’ फक्स न्यूजका अनुसार पुटिनले अगाडि भने ‘उनी एक रंगीन व्यक्ति हुन् भलै तपाइँ उनलाई मन पराउनुस् वा नपराउनुस् । केहीले उनलाई रुचाउँछन् केहीले रुचाउँदैनन् तर यो सत्य हो ।’
पुटिनले बाइडेनको तारिफ गर्न कन्जुस्याइँ गरे र उनको अलग आँकलन गरे । पुटिनले ट्रम्प बाइडेनभन्दा मौलिक रुसले अलग भएको बताउँदै बाइडेन करिअर म्यान भएको र उनले आफ्नो पूरै जीवन राजनीतिमा बिताएको बताए । बाइडेनका बारेमा कुरा गर्दै पुटिनले भने ‘उनी निकै फरक किसिमका व्यक्ति हुन् । उनीबाट केही फाइदा छन् र केही नोक्सानी पनि छन् । तर, अहिलेका अमेरिकी राष्ट्रपतिबाट धेरै अपेक्षा गर्न सकिन्न कि उनी केही ठूलो गर्छन् ।’







डिसी नेपाल








Facebook Comment