भोल्कस्वागनको सर्भर ह्याक, लाखौँ ग्राहकको डाटा चोरी

डिसी नेपाल
२९ जेठ २०७८ २२:३३
40
Shares

काठमाडौं । विश्वको लक्जरी ब्राण्ड भोल्कस्वागनको सर्भर ह्याक भएको छ । ह्याकरले सर्भर ह्याक गरेर अमेरिका र क्यानडाका लाखौं ग्राहकको डाटा चोरी गरेका छन् । सीएनएनका अनुसार कम्तीमा ३ मिलियन ग्राहको व्यक्तिगत विवरण चोरी भएको छ ।

भोल्कस्वागनका अनुसार कम्तीमा ३ मिलियन ग्राहकको आधारभूत सम्पर्क जानकारी चोरी भएको हो । जुन जानकारी भोल्कस्वागनसँग काम गर्ने बाहिरि कम्पनीबाट चोरी भएको जनाइएको छ । ह्याकरले ग्राहकको सम्पर्क नम्बर, इमेल तथा पोस्टल ठेगाना चोरी गरेको र कतिपय सवारी साधनको पहिचान नम्बर पनि चोरी गरेको कम्पनीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.