भोलिबाट मेलम्चीको पानी नआउने, केयुकेएलले सार्वजनिक गर्यो नयाँ तालिका

डिसी नेपाल
३१ जेठ २०७८ १०:५९
480
Shares

काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ। मंगलबार असार १ गते (भोलि) बाट परीक्षणको लागि मेलम्चीको सुरुङ खाली गरिँदै छ।

सोही कारण करिब दुई महिना काठमाडौं उपत्यकामा प्रतिदिन उपलब्ध भइरहेको १७ करोड लिटर पानी उपलब्ध नहुने भएकोले नयाँ तालिका सार्वजनिक गरिएको केयुकेयलले जनाएको छ।

परीक्षणको क्रममा करिब १५ दिन सुरुङ खालि गर्न समय लाग्ने छ। त्यसपछि सुरुङमा प्राविधिक र इन्जिनियरहरुले समस्या भए नभएको हेर्ने छन। त्यसको लागि करिब १५ दिन लाग्ने आयोजनाले जनाएको छ। त्यसपछि कुनै ठूलो समस्या नदेखिएको खण्डमा सुरुङ भर्न करिब १५ दिन लाग्छ। सोही कारण करिब दुई महिना काठमाडौं उपत्यकामा मेलम्ची आउने छैन।

मेलम्चीको पानी नआउन्जेलसम्म हुने परिमाणको कमीलाई ध्यानमा राख्दै केयूकेएलले खानेपानी वितरण तालिकामा फेरबदल गरेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.