सातवटै प्रदेशकाे बजेट आज, काेराेना नियन्त्रणलाई प्राथमिकता
काठमाडौं । सात वटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छन्। संविधानमा असार १ गते प्रदेशको बजेट ल्याउनै पर्ने बाध्यात्मक प्रावधान रहेको छ।
यसअघि सात वटै प्रदेशमा नीति तथा कार्यक्रममा छलफल भएको थियो। सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचार लगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ।
केन्द्रले प्रदेशलाई समानीकरणमा ५७ अर्ब ९५ करोड ४८ लाख, ससर्तमा ३५ अर्ब ८७ करोड ३१ लाख, विशेषमा चार अर्ब १५ करोड, समपूरकमा पाँच अर्ब ७२ करोड ४६ लाख गरी जम्मा एक खर्ब तीन अर्ब ७० करोड २५ लाख रकम छुट्याएको छ।
यसका अतिरिक्त राजस्व बाँडफाँट र रोयल्टी बाडँफाँटबाट पनि प्रदेशलाई रकम जाने व्यवस्था गरिएको छ। यसैगरी प्रदेशको आफ्नै स्रोतबाट पनि राजस्व परिचालन हुन्छ।







डिसी नेपाल








Facebook Comment