जीवन विकास लघुवित्तलाई आईपीओ निष्काशन गर्न अनुमति

डिसी नेपाल
१ असार २०७८ ११:५९
96
Shares

काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्थालाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। लघुवित्तलाई आईपीओ निष्काशन गर्न जेठ ३० गते अनुमति दिएको हो।

जीवन विकास लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।

यो सँगै कम्पनीले अब १९ लाख ७७ हजार ३ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो।
जसअनुसार लघवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको छ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.