हल्लाको भरमा सेयर लगानी नर्गन धितोपत्र बोर्डको अनुरोध, ५१ कम्पनीको लगानी जोखिममा

डिसी नेपाल
१ असार २०७८ १७:१३
508
Shares

काठमाडौं। नेपाल धितोपत्र बोर्डले सेयर बजारमा लगानी गर्दा विचार पुर्याएर मात्र लगानी गर्न आग्रह गरेको छ। मंगलबार एक विज्ञप्ति निकाल्दै बोर्डले धितोपत्र बजार जोखिम मूक्त नरहेकोले विचार पुर्याएर मात्र लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको हो।

बोर्डले बजारमा चलेको हल्लाको भरमा लगानी गर्दा लगानी डुब्न सक्ने कुरालाई सबैले ध्यान दिनु पर्ने विज्ञप्तिमा उल्लेख छ। विशेषगरि सम्बन्धीत कम्पनीको वित्तीय अवस्था र आफ्नो जोखिम मूल्यांकन गर्न सक्ने क्षमतालाई ध्यान दिएर लगानी गर्न बोर्डले आग्रह गरेको छ।

लगानीकर्ताको हित संरक्षणका लागि भन्दै बोर्डले विज्ञप्ति जारी गरेको जनाएको छ।

बोर्डले अहिलेको विषम परिस्थितिमा लगानीकर्ताहरुको बढ्दो आर्कषणले कारोबार रकमा उत्साहा देखिनुलाई सकरात्मक रुपमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.