सिन्धुपाल्चाेककाे प्राकृतिक विपद्का विषयमा गृहमन्त्रालयमा छलफल

डिसी नेपाल
२ असार २०७८ ९:१८
72
Shares

काठमाडौं। सिन्धुपाल्चोकमा गएराति भएको भीषण बाढी पहिरो तथा विपद व्यवस्थापनका विषयमा गृहमन्त्रालयमा छलफल भएको छ। गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले तत्काल उद्धार तथा राहत कार्यमा जुुट्न सम्बन्धित निकायलाई निर्देशन दिएकोछ।

बुधबार विहान बसेको बैठकमा स्वास्थ्यमन्त्री शेर बहादुर तामाङ्ग, गृह सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका रथी प्रभुराम शर्मा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली,गृहमन्त्रालयका प्रबक्ता जनकराज दाहाल ,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी अधिकृत अनिल पोख्रेल लगायत सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.