एैतिहासिक गोलसँगै डेनमार्कको अग्रता

डिसी नेपाल
३ असार २०७८ २२:४०
516
Shares

काठमाडौं। युईएफए युरोकप फुटबल २०२० मा डेनमार्कले धमाकेदार सुरुवात गर्दै सुरुवाती अग्रता लिएको छ। डेनमार्कको पार्कन स्टेडियममा जारी खेलको दोस्रो मिनेटमा गोल गर्दै डेनमार्कले सुरुवाती अग्रता लिएको हो।

पहिलो हाफ सकिदा घरेलु टिम डेनमार्क विश्व नम्बर एक बेल्जियमसँग १ – ० ले अघि छ। खेलको दोस्रो मिनेटमै गोल गर्दै डेनमार्कले बेल्जियमविरुद्धको खेलमा अग्रता बनाएको थियो।

युसुफ पोल्सेनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका हुन। यो गोल युरोकप फुटबल इतिहासमा सबैभन्दा दोस्रो छिटो समयमा गरिएको गोल हो।

खेलको ३५ औं डेनमार्कले गोल गर्ने सुनौलो अवसर बनाएको थियो। मिकेल ड्याम्सगार्डले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहारले सहि दिशा लिन सकेन।

Mikkel Damsgaard (Denmark) and his stunning dribble! He zig-zags through the defence and gets in front of the keeper. He faints to shoot and then suddenly strikes goalwards, but his effort misses the target by a whisker. Very unlucky for Mikkel Damsgaard (Denmark). This could have been a legendary goal.

बलियो टिम बेल्जियमलाई डेनमार्कले सुरुवाती मिनेटदेखि नै दबाब दिइरहेको छ। पहिलो खेलमा आफ्ना महत्वपूर्ण खेलाडी क्रिस्टसन एरिक्सनलाई चोटका कारण गुमाएको डेनमार्कले उत्कृष्ट पर्दशन गरीरहेको छ।

भावनात्मक रुपमा विक्षिप्त रहेका खेलाडीहरुमा आजको खेलमा एक छुट्टै किसीमको उर्जा देखिन्छ। सबै ११ जना खेलाडीले आ-आफ्नो ठाउँबाट उत्कृष्ट खेल प्रस्किरहेका छन।

Image

 

समूह ’बी’ मा रहेको बलियो टिम बेल्जियम आज जित निकाल्दै आगामी यात्रा सहज बनाउन चाहान्छ। पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो। ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ।

डेनमार्क भने पहिलो जित निकाल्न चाहन्छ। पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो। पुछारमा रहेको डेनमार्क आज जित निकाल्दै नकआउटको सम्भावना जिवित नै राख्न चाहान्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.