उत्कृष्ट पुनरागमन जित निकाल्दै नकआउट चरणमा बेल्जियम

डिसी नेपाल
३ असार २०७८ २३:५४
768
Shares

काठमाडौं। युईएफए युरोकप फुटबल २०२० मा बेल्जियमले उत्कृष्ट पुनरागमन जित हासिल गरेको छ।
पार्कन स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा बेल्जियमले १ – ० को पछि परेको अवस्थालाई उल्ट्याउँदै डेनमार्कलाई २ – १ गोल अन्तरले पराजित गरेको हो।

बेल्जियमका लागि टोर्गन हजार्ड र केभिन डिब्रुयनले गोल गरे। डेनमार्कका युसुफ पोल्सेनले सान्तवना गोल गरे।

Image

खेलको दोस्रो मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएको घरेलु टिम डेनमार्कले पहिलो हाफमा उत्कृष्ट प्रर्दशन गरेको थियो। उक्त गोल युरोकप फुटबल इतिहासमा सबैभन्दा दोस्रो छिटो समयमा गरिएको गोल हो।

Image

तर, खेलको दोस्रो हाफ सुरु भएसँगै बेल्जियमले केभिन डिब्रुयनलाई खेलाएको थियो। उनकै मद्दतमा बेल्जियमले २ गोल गर्न सफल भयो।

उनले दिएको पासमा ५५ औं मिनेटमा टोर्गन हर्जाडले गोल गर्दै बेल्जियमलाई १ – १ को बराबरीमा ल्याए। खेलको ७० औं मिनेटमा डिब्रुयनले गोल गर्दै बेल्जियमाई जित दिलाए।

Image

दुवै टिमले गोल गर्ने अन्य केही अवसर बनाए पनि गोल गर्न सकेनन।
खेलको ३५ औं डेनमार्कले गोल गर्ने सुनौलो अवसर बनाएको थियो। मिकेल ड्याम्सगार्डले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहारले सहि दिशा लिन सकेन।
खेलको अन्तिम समय ८७ औं मिनेटमा मार्टिन ब्रेथबेटले गरेको हेडर बल गोलपोस्टको नजिकैबाट बाहिरीएको थियो।

इन्जुरी समयको अन्तिम मिनेटमा थोमस म्युनियरले प्रहार गरेको लङ रेन्ज बलले गोलको दिशा लिन सकेन। गोलकिपर बाहिर आएको अवस्थामा खालि पोस्टमा उनले प्रहार गरेको बल गोल पोस्टको माथिबाट बाहिरीएको थियो।

यो जितसँगै समूह ’बी’ मा रहेको बेल्जियमले नकआउट चरणको यात्रा पक्का गरेको छ। दुई खेलबाट ६ अंक जोडेको बेल्जिियम समूहको शीर्ष स्थानमा छ। पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो। बेल्जियमले समूह चरणको एक खेल अगावै अन्तिम १६ को यात्रा पक्का गरेको हो।

पराजित डेनमार्क भने दुई खेलमा अंकबिहीन छ। अंकबिहीन डेनमार्क तालिकाको पुछारमा छ। पहिलो खेलमा फिनल्याण्डसँग १–० ले पराजित डेनमार्ककोे नकआउटको सम्भावना कठिन बनेको छ।

Bjorn Kuipers is looking at his watch and immediately ends this match.

गोल गरे पनि डिब्रुयनले सेलिब्रेसन भने गरेनन। डेनमार्कका क्रिस्टन एरिक्सनको खेलको दौरान घाइते भएर अस्पताल भर्ना भएका छन। उनलाई विश्वभरका फुटबल सपोर्टर लगाएत फुटबलरले चाँडो रिकभरीको कामना गरीरहेका छन। सोही क्रममा गोल गरे पनि भावनात्मक चोट नपुगोस भनेर डिब्रुयनले सेलिब्रेसन नगरेका हुन। खेल सकिएपछि पनि बेल्जीयमका खेलाडीहरुले सर्मथकहरुलाई ताली बजाएर खेल भावनाको सन्देश दिएका थिए।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.