नेदरल्याण्ड्स तेह्र वर्षपछि नकआउट चरणमा

डिसी नेपाल
४ असार २०७८ २:४५
672
Shares

काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा नेदरल्याण्डस सहज जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ। बिहीबार राति जोन क्रुफ एरिनामा सम्पन्न खेलमा अष्ट्रियालाई २ – ० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो।

घरेलु टिम नेदरल्याण्ड्सका लागि मम्फिस डीफे र डेन्जल डम्फ्रीसले एक एक गोल गरे।

Image

खेलको १० औं मिनेटमा नेदरल्याण्डसले पाएको पेनाल्टीमा गोल गर्दै डीफेले घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै ५७ औं मिनेटमा डनेल मालेनले दिएको पासमा डेन्जल डम्फ्रीसले गोल गर्दै नेदरल्याण्ड्लाई २ – ० को जित दिलाए।

Goal! Donyell Malen puts the ball on a plate for Denzel Dumfries (Netherlands), who scores with a simple close-range finish. It's 2:0.

दुवै टिमले बनाएका केही अवसर खेर फाले।

४० औं मिनेटमा डीफेले नै गरेको पेनाल्टी बक्सभित्रबाट गरेको प्रहारले गोलका दिशा लिन सकेन।

स्टेफिन डे भ्रिजले खेलको ६१ औं मिनेटमा गोल गर्ने सुनौलो अवसर पाएका थिए। गोलपोस्ट भित्र फ्रि हेडर अवसर पाएका उनले प्रहार गरेको बल किपरले बचाएका थिए।

Stefan de Vrij (Netherlands) wins himself just enough space inside the box to connect with the corner. His header flies towards the middle of the goal, but the goalkeeper blocks the effort.

८१ औं मिनेटमा डेभिड अलाभाले गोलको लागि उत्कृष्ट प्रहार गरेका थिए। तर, उक्त बल टप अफ द राइट कर्नर चुम्दै बाहिरीएको थियो।
बल पोसेसनमा प्रभाव कायम राखे पनि अष्ट्रियाले गोल भने गर्न सकेन र हारको सामना गर्नुपर्यो।
Image

लगातार दोस्रो जित निकाल्दै समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ। दुई खेलबाट ६ अंक बटुलेको नेदरल्याण्ड्स समूहको शीर्ष स्थानमा छ। नेदरल्याड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो।

सन् १९७६ मा पहिलो पटक युरोकप खेलेको डच टिम १९८८ मा च्याम्पियन बनेको थियो। सन् २०१२ मा समूह चरणमा सिमित भएको नेदरल्याण्ड्स सन् २०१६ को लागि छनोट नै हुन सकेन। युरोकप २०२० मा छनोट भएको टिम सन् २०२१ मा जारी युरोकपकपको नकआउट चरणमा प्रवेश गरेको हो। यसरी १३ वर्ष पछि नेदरल्याण्ड्स युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो।

पराजित अष्ट्रिया ३ अंकका साथ समूहको दोस्रो स्थानमा छ। अष्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो।

यस समूहमा रहेको युक्रेन ३ अंकका साथ तेस्रो स्थानमा छ भने अंकबिहीन रहेको नर्थ म्यासेडोनिया पुछारमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.