मेलम्चीमा बाढीले इलाका प्रहरी कार्यालयको भवन पनि बगायो

डिसी नेपाल
५ असार २०७८ ११:३५

काठमाडौं। मेलम्ची खोलामा आएको बाढीले हेलम्बुको इलाका प्रहरी कार्यालय पनि ढलाएको छ। शुक्रबार राति आएको बाढीका कारण इप्रकाको भवन ढलाएको प्रहरीले जनाएको छ।

सुरुको दिनमा आएको बाढीका कारण किचेन र टइलेट ढलाएको थियो। कार्यालयमा रहेका अत्यावश्यक सामग्रीहरु अन्यन्त सारिएको इप्रकाले जनाएको छ। इलाका प्रहरी कार्यालयका अनुसार भवनसँगै केही सामानहरु पनि खोलाले बगाएको छ। इलाका प्रहरी कार्यालय अहिले स्थानीयको घरमा बसेको छ।

यसअघि आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार अहिले पानीको बहाब कम हुँदै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.