महाकाली नदीमा जलस्तर खतराको विन्दु पार गर्‍यो

डिसी नेपाल
५ असार २०७८ २२:५३
260
Shares

काठमाडौं। महाकाली नदीमा जलस्तर खतराको विन्दभन्दा माथि पुगेको छ। शनिबार राति सवा १० बजे नेपाल बाढी सूचनाले महाकाली नदीमा जलस्तर खतराको विन्दु पार गरेको जनाएको छ। महाकाली नदीको तटीय क्षेत्रमा रहेका वासिन्दाहरुलाई सचेत रहन अपील गरिएको छ। आइतबार दिउँसोसम्म तटीय क्षेत्रमा बाढीको प्रभाव पर्नसक्ने भन्दै सचेत रहन अपील गरिएको छ।

उता दोलखामा तामाकोशी नदीको बहाव स्थिर रहेको नेपाल बाढी सूचनाले जनाएको छ। तिब्बतमा पहिरो जाँदा तामाकोशीको मुहान थुनिएकाले बाढीको जोखिम बढेको भन्दै सचेत रहन अपील गरिएको छ। नेपालमा तामाकोशी जलविद्युत आयोजनाको ड्याम खाली गराइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.