थप २ हजार २९७ जनामा कोरोना संक्रमण, ४६ जनाको मृत्यु

डिसी नेपाल
७ असार २०७८ १७:१२
320
Shares

काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार १३० जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३ पीसीआर परीक्षण गर्दा १ हजार ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३२१ परीक्षण गर्दा ७१३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ४६ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ५३ हजार ९४० जना आइसोलेसनमा रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.