न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख ठगी गर्ने कटुवाल पक्राउ

डिसी नेपाल
१३ पुष २०८२ २२:४६
60
Shares

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका१ घर भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका११ बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिइ ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि न्युजिल्यान्ड लैजाने भन्दै ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ निजलाई पक्राउ गरिएको उहनले बताए।

कीर्तिपुरबाट पक्राउ परेका कटुवाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *