‘स्मार्ट लकडाउन व्यवसायीका लागि अव्यवहारिक र असहज’

डिसी नेपाल
७ असार २०७८ २०:५०
136
Shares

काठमाडौं। राष्ट्रिय व्यापार संघले जिल्ला प्रशासन कार्यलय काठमाडौंले जारी गरेको स्मार्ट लकडाउनसम्बन्धी व्यवस्था व्यवसायीका लागि अव्यवहारीक र असहज रहेको बताएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै संघले जिप्रका काठमाडौंले जारी गरेको स्मार्ट लकडाउन सम्बन्धी व्यवस्था व्यवसायीहरुका लागि अव्यबहारीक र असहज भएकोले तत्काल उपयूक्त व्यवस्था गर्न माग गरेको छ।

संघले जिप्रका काठमाडौंमा आफूले दिएको सुझावविपरित व्यवस्था गरिएको जनाएको छ। सरकारले सजिलो विकल्पको रुपमा लकडाउनलाई लिएको तर, व्यवसायीहरुलाई पर्न गएको असर बारे बेखबर भएको भन्दै संघले अभिलम्ब हप्ताको सातै दिन व्यवसाय सञ्चालन गर्ने वातारण निमार्ण गर्न जिप्रका काठमाडौंसँग माग गरेको छ।

साथै संघले व्यवसायीहरुलाई खोपको सुनिश्चितता गर्न समेत माग गरेको छ।

काठमाडौं उपत्यकामा मंगलबार (भोलि) देखि स्मार्ट लकडाउन सुरु हुँदैछ। स्मार्ट लकडाउनमा व्यवसायीहरुले समय सीमा लागू गरि निश्चित बार अनुसार पसल खोल्न मिल्ने निर्णय जिप्रका काठमाडौंले गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.