सेयर बजारमा फर्कियो हरियाली, ७९ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
८ असार २०७८ १५:५३
96
Shares

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा हरियाली छाएको छ।

लगातार करिब एक हप्ता भारी अंकले गिरावट आएको सेयर बजार परिसूचक नेप्से मंगलबार भने ७९. ४४ अंकले बढेको हो। यो संगै नेप्से २९ सय १३. ८४ अंकमा बन्द भएको छ।

यसअघि गत जेठ ३१ गते सेयर बजारको परिसूचक नेप्से ३ हजार २६ अंकमा पुगेर हालसम्मकै सर्वाधिक उच्च अंकको कीर्तिमानी कायम गरेको थियो।

त्यसयता भने सेयर बजार निरन्तर ओरालो लाग्दै आएको थियो।

त्यसभन्दा पहिले लगातार एकपछि अर्को किर्तीमान कायम गरिरहेको सेयर बजारमा धितोपत्र बोर्डले ५१ वटा कम्पनीलाई जोखिमयूक्त कम्पनी घोषणा गरेपश्चातर र सेयर बजारमा लगानी गर्दा जोखिमलाई मध्येनजर गर्न आग्रह गरेपश्चात सेयर बजार घटेको लगानीकर्ताहरुले बताउँदै आएका छन।

मंगलबार कारोबार रकममा भने त्यति धेरै उत्साहा देखिएन। कूल २ सय २५ कम्पनीको सेयर खरिदबिक्री हुँदा १० अर्ब २८ करोड रुपैयाँभन्दा धेरै रकमको सेयर कारोबार भएको छ।

यस दिन सबै समूहहरुमा हरियाली छायको छ। बैंकिङ ४३, ब्यापार ८, होटल तथा पर्यटन १२२, विकास बैंक २५०, जलविद्युत १४८, फाइनान्स १२४, निर्जीवन बीमा ३७१, उत्पादन १५९, अन्य ३९, माइक्रोफाइनान्स ५९ र जीवन बीमा ३९१ अंकले बढेका छन्।

यस दिन पन्चकन्या माइ हाइड्रो, बरुण हाइड्रो, अपि पावर, ङादी गुप, जलविद्युत लगानी तथा विकास कम्पनी, जानाकी फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ।

समग्र बजार बढे पनि एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै ३ प्रतिशतले गिरावट आाएको छ।

मंगलबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारबोबार भयो। २० प्रतिशत लाभांशको घोषणा गारेपश्चात उक्त कम्पनीमा लगानीकर्ताको भिड आर्कषण देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.