फुटबल खेलाडी सावित्राको उपचार कतारमा हुने

डिसी नेपाल
८ असार २०७८ २१:३१
260
Shares

काठमाडौं । नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी (साम्बा) को उपचार कतारमा गरिने भएको छ । लामो समयदेखि घुँडाको चोटका कारण मैदान बाहिर रहेकी भण्डारीको उपचार कतारको दोहामा गर्न लागिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उनको उपचारमा कतार फुटबल संघले सहयोग गर्ने भएको छ । भण्डारी उपचारका लागि शनिबार कतार जानेछन् ।

सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध भण्डारी राष्ट्रिय महिला लिग खेल्ने क्रममा पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी हुन् । एपिएफले महिला लिगको उपाधि जित्दा उनले १० खेलमा ४३ गोल गरेकी थिइन् । दायाँ घुँडामा चोट लागेपछि भण्डारीले अन्तिम दुई खेल गुमाउनुपरेको थियो । यसअघि पुरुष फुटबल टोलीका सदस्य विक्रम लामा र विमल घर्ती मगरको पनि कतारमै उपचार गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *