राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौँः माधव नेपाल

डिसी नेपाल
८ असार २०७८ २१:४८
504
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार संविधान अनुकूल नभएको भन्दै बदर गरिदिएपछि नेता नेपालले आफ्नो प्रतिक्रिया सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा पुर्‍याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.