नेपाल टेलिकमको संचार सेवामा अवरूद्ध, सामाजिक सञ्जालमा टिकाटिप्पणी

डिसी नेपाल
९ असार २०७८ ८:१३
272
Shares

काठमाडौं। उपत्यकामा नेपाल टेलिकमको संचार सेवामा समस्या देखिएको छ। विहानैदेखि समस्या देखिएपछि सामाजिक संजालमा अनेकन टिकाटिप्पणी भइरहेका छन्। तर, नेपाल टेलिकमले भने कुनै प्रतिक्रिया जनाएको छैन।

टेलिफोन गर्न लागेपछि अचानक नेटवर्क रजिष्ट्रर गरिएको छैन भन्ने सूचना देखिने प्रयोगकर्ताहरुको गुनासो छ। सर्वोच्च अदालतले सरकारको मन्त्रिपरिषद पुनर्गठनको निर्णय उल्टाएको भोलीपल्ट विहानैदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा पनि अनेकन् टिप्पणीहरु गरिन थालिएको हो।

तत्कालीन राजा ज्ञानेन्द्रले संकटकालको घोषणा गर्नेबेलामा पनि सबैभन्दा पहिला संचारका साधनहरु नियन्त्रण गरेकाले पनि अहिले कुनै त्यस्तै खालको प्रयास हुन लागेको त छैन भन्ने प्रश्न उठिरहेको नेपाल टेलिकमका प्रयोगकर्ताले सामाजिक सञ्जालमा बहस सुरु गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले मंगलबार खारेज गरेको छ। अदालतको उक्त निर्णय सँगै २० जना मन्त्रिहरुको पद गुमेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.