सुन चाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं। साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबार सुन तोलामा ३ सय रुपैयाँ घटेर ९० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि मंगलबार सुन तोलामा ९१ हजारमा कारोबार भएको थियो।
यस दिन तेजाबी सुनको मूल्य ९० हजार २ सय रुपैयाँ कायम छ।
यस्तै चाँदीको मूल्य पनि प्रति तोलामा ५ रूपैयाँले घटेको छ। बुधबार चाँदी तोलामा एक हजार २ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment