विश्वमा कोरोना : संक्रमित हुनेको संख्या १८ करोड नाघ्यो, अमेरिका र भारतमा ३ करोड बढी

डिसी नेपाल
१० असार २०७८ ६:५३
88
Shares

काठमाडौं । विश्वभरमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ करोड नाघेको छ। गत २४ घण्टामा थपिएका ४ लाख २२ हजार १ सय ५९ सहित विश्वमा कोरोना संक्रमित हुनेको संख्या १८ करोड ३ लाख ४२ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित १८ करोड मध्ये १६ करोड ५० लाख ६७ हजार ५ सय ९५ जना निको भएर घर फर्केका छन्। गत २४ घण्टामा निको भएका ३ लाख ८९ हजार ६ सय ५१ जना निको भएसँगै यो निको हुनेको संख्या १६ करोड नाघेको हो।

यस्तै, विश्वभरमा कोरोनाबाट ३९ लाख ६ हजार ६ सय ३८ जनाको ज्यान गएको छ। गत २४ घण्टामा कोरोनाबाट मृत्यु भएका ८ हजार ३ सय ११ जनासँगै यो संख्या ३९ लाख पुगेको हो।

१८ करोड संक्रमित मध्ये सबै भन्दा बढी अमेरिकामा ३ करोड ४४ लाख ४८ हजार ८ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, ६ लाख १८ हजार २ सय ८६ जनाले ज्यान पनि गुमाएका छन्।

यस्तै अमेरिकापछि भारतमा पनि ३ करोड बढी संक्रमित रहेका छन्। भारतमा पछिल्लो २४ घण्टामा थपिएका ५४ हजार संक्रमितसहित यो संख्या ३ करोड ८२ हजार १ सय ६९ पुगेको हो। भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९२ हजार १४ पुगेको छ।

ब्राजिल पनि अमेरिका र भारत पनि १ करोड बढी संक्रमित हुनेको स्थानमा पुगेको छ। ब्राजिलमा हालसम्म १ करोड ८१ लाख ७० हजार ७ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा पनि सबै भन्दा बढी १ लाख १४ हजार १ सय ३९ जना कोरोनाका संक्रमित थपिएका छन्। यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि दोश्रो स्थानमा रहेको छ। ब्राजिलमा ५ लाख ७ हजार २ सय ४० जनाको कोरोनाबाट मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.