अन्तर्राष्ट्रिय उडान आजबाट, आन्तरिक असार १७ गतेदेखि नियमित
काठमाडौं। । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको छ। साेमबार बसेकाे मन्त्रिपरिषद्ल बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै बुधबार नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै यही असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो।
मन्त्रालयले अन्तर्राष्ट्रिय उडानतर्फ पनि तोकिएको गन्तव्यमा बिहीबारदेखिनै उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन क्यानलाई निर्देशन दिएको छ। मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ।
जसमा जुलाई २४मा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट काठमाडौँ उडान गर्ने तालिका छ। त्यस्तै जुन २५ मा नेपाल एयरलाइन्सको जहाजले जापानमा उडान भर्नेछ भने एयर इण्डियाको जहाजले दिल्ली–काठमाडौँ उडान गर्नेछ।
जुन २६ मा कतार एयरवेजले दोहा–काठमाडौँ उडान गर्नेछ। टर्की एयरलाइन्सले काठमाडौँ उडान गर्नेछ। सोही दिन एयर अरेवियाको जहाजले आबुधावीबाट काठमाडौँको उडान भर्ने तालिका तय गरिएको छ। त्यसैगरी जुन २७ मा नेपाल एयरलाइन्सले दोहा गन्तव्यमा उडान भर्नेछ । सोही दिन हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर र दुबईमा समान एक एक उडान गर्ने तालिका छ।
कतार एयरवेजको दोहा–काठमाडौँ र जजिरा एयरवेजले कुवेतबाट काठमाडौँ उडान मन्त्रालयले जनाएको छ। जुन २८ मा नेपाल एयरलाइन्सले दुबई र हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान भर्नेछ भने कतार एयरवेजले दोहाबाट काठमाडौँका लागि उडान गर्नेछ।
जुन २९ मा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । सोही दिन टर्किस एयरलाइन्सले काठमाडौँ उडान गर्ने जनाइएको छ । फ्लाई दुबईले काठमाडौँ, ओमनको सलाम एयरले काठमाडौँमा उडान गर्नेछन् । जुन ३० मा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरले कुवेत–काठमाडौँ उडान गर्ने तालिका तय गरिएको छ।
कोभिड महामारी नियन्त्रण गर्न सरकारले वैशाख २० देखि आन्तरिक तथा वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान स्थगन गरेको थियो। कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो।







डिसी नेपाल








Facebook Comment