निटोगद्वारा पर्यटन श्रमिक तामाङ्गलाई आर्थिक सहयोग
काठमाडौं । नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग)द्वारा २० वर्षभन्दा बढी पर्यटन क्षेत्रमा काम गर्दै आएका पर्यटन श्रमिक औतार सिंह तामाङ्गलाई १४ हजार रुपैयाँ सहयोग जुटेको छ । तामाङ्गको दुबै मृगौलामा समस्या र कोभिड १९ का कारण स्वास्थ्य अवस्था गम्भीर भएकाले उक्त रकम जुटाइ सहयोग गरिएको हो ।
हाल कपनमा बस्दै आएका उनी सोलु दुधकुण्ड नगरपालिका वडा नं.८, केरुङ्ग, चिम्दिङ्ग बस्ने मकपन तामाङ्गका छोरा हुन् । हाल उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । श्रमिक संघका अनुसार लामो समयदेखि बेरोजगार बनेका तामाङ्गको पारिवारिक आर्थिक अवस्था नाजुक छ ।
उनको उपचारको लागी आवश्यक खर्च व्यवस्थापनमा अत्यन्तै गाह्रो परेकोले निटोगको अगुवाइमा उक्त रकम संकलन गरी बिरामीको काका दिर्ग सिंह (काइला) तामाङ्गलाई निटोग काठमाडौंका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
साथै, उनको उपचारमा थप सहयोग गर्नु पर्ने भएकाले निटोगले सबैसँग सहयोगको अपिल गरेको छ ।







डिसी नेपाल








Facebook Comment