सर्लाहीमा जेसिबीको बकेटले हान्दा वडाअध्यक्षको मृत्यु

डिसी नेपाल
१२ असार २०७८ ११:०१
1.1k
Shares

काठमाडौं । सर्लाहीमा जेसिबी चालकले वडा अध्यक्षको हत्या गरेका छन्। सामान्य विवादपछि चालकले जेसिबीको बकेटले हानेर वडाअध्यक्षको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

‘नगरपालिकाको वडा नं. ३ मा सार्वजनिक पोखरी खन्ने काम भइरहेको छ।’ ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार देवकोटाले डिसी नेपाललाई भने, ‘वडा अध्यक्ष र चालकसहित अरु पनि बसेर खाजा खाने काम भएछ। त्यसपछि विवाद हुँदा छाति र टाउकोमा टिप्परको बकेटले हानेर हत्या गरिएको हो।’

उनले ईश्वरपुर नगरपालिका ३ का वडाध्यक्ष ५५ वर्षीय सुर्यकुमार श्रेष्ठलाई जेसिबी चालक हर्कबहादुर तामाङले हत्या गरेको र विवादको कारण नखुलेको जानकारी दिए।

हत्या आरोपी हरिपुर नगरपालिका १ हजारविघा बस्ने ३८ वर्षीय चालक तामाङ र जेसिबी ठेकेदार ईश्वरपुर नगरपालिका ३ कै ३५ वर्षीय प्रेमराज दाहाललाई प्रहरीले पक्राउ गरेका छ।

मृतक वडाध्यक्ष श्रेष्ठको शव अहिले पोष्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको र घटनाको मुख्य कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.